१८ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार स्पष्ट पार्न संविधान संसोधनको प्रस्ताव अघि सारेको छ । नागरिक सर्वोच्चता स्थापित गर्दै नयाँ सरकारमा जाने तयारीमा रहेको माओवादीले बिहीबार भने संविधान संसोधनको प्रस्ताव अघि सारेको हो ।
लगातार सदन अवरोध गर्दै आन्दोलन गर्दै आएको माओवादीले आफ्नै पहलमा बैठक बोलाएर संविधान संसोधन गर्नुपर्ने प्रस्ताव गरेको नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment